काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाई नियुक्त भएका छन्। 

कम्पनी सञ्चालक समितिको जेठ ११ गते बुधबार बसेको बैठकले प्रसाईलाई सीईओमा नियुक्त गरेको हो। जेठ ११ गतेबाटै लागू हुने गरी प्रसाईलाई सीईओमा नियुक्ति गरिएको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। 

कम्पनीले गत वैशाख २२ गते प्रसाईलाई सीईओमा नियुक्तिको प्रस्ताव बीमा समितिमा स्वीकृतिका लागि पठाएको थियो। बीमा समितिले जेठ ११ गते प्रसाईलाई सीईओमा नियुक्ति गर्ने कम्पनीको प्रस्ताव स्वीकृत गरेको थियो। 

यसअघि कम्पनीको सीईओबाट नारायणप्रसाद पौडेलले राजीनामा दिएका थिए। पौडेलको राजीनामासँगै कम्पनीले सीईओमा प्रसाईलाई नियुक्ति गर्ने प्रक्रिया अगाडि बढाएको थियो।