काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाएको छ।

बोर्डले हिजो बिहीबार (मंसिर ११ गते) यो कम्पनीलाई ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीले निष्कासन गर्ने आईपीओ कुल चुक्तापुँजीको ३० प्रतिशतबराबरको हो। 

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको यो आईपीओलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।