काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडमा मेरो सेयर र डिम्याट खाता खोल्दा ३ वर्षसम्म निःशुल्क हुने भएको छ।

प्रभु क्यापिटलले ‘प्रभु क्यापिटलसँग जोडौँ नाता, पाउँ ३ वर्षसम्म निःशुल्क डिम्याट खाता’ योजनाअन्तर्गत यस्तो अफर सार्वजनिक गरेको हो। यो अफरमा सहभागी यो साउन महिनाभित्र प्रभु क्यापिटलबाट डिम्याट खाता खोल्दा ग्राहकले यस्तो सुविधा पाउनेछन्। 

यो सेवा प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालय वा नजिकैको प्रभु बैंकका शाखाहरुबाट लिन सकिनेछ। यस्तै ग्राहकलाई अनलाइनबाट समेत निःशुल्क डिम्याट खाता खोल्ने सुविधा दिइएको प्रभु क्यापिटलले जनाएको छ।