काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले हिजो शनिबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा राष्ट्रिय बहिरा महासंघ नेपालको सहयोगमा सेयर बजारसम्बन्धी एकदिने आधारभूत तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा महासंघअन्तर्गत रहेका करिब २५० जना सदस्यको सहभागिता थियो। 

कार्यक्रममा प्रभु क्यापिटलका चिफ बिजनेस अफिसर  वासु थपलियाले स्वागत मन्तव्य राखेका थिए। थपलियाले राष्ट्रिय बहिरा महासंघका सदस्यहरुलाई प्रभु क्यापिटलमा डिम्याट खोल्दा कुनै पनि शुल्क नलाग्ने र प्रभु क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महासंघका सदस्यहरुलाई निःशुल्क डिम्याटको सुविधा प्रदान गरिने बताए। 

कार्यक्रमको महासंघका उपाध्यक्ष सत्यदेवी वाग्लेले गरेकी थिइन्। वाग्लेले सेयर बजारसम्बन्धी यो तालिम कार्यक्रम एकदमै फलदायी भएको तथा सेयर बजारमा लगानी गरेर आर्थिक उपार्जन गर्दै बहिरा साथीहरु आर्थिक रुपमा सबल बन्न सक्ने बताइन्। आगामी दिनमा अझै एडभान्स लेबलको तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको सेयरबजारमा लाग्नका लागि थप प्रेरित गर्ने उनको भनाइ थियो।

कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए। यसलाई सांकेतिक भाषामा बहिरा महासंघका दोभाषेहरु दिनेश श्रेष्ठ, टीकाराम लामिछाने र कमला भट्टराईले प्रस्तुत गरेका थिए।