काठमाण्डौ । सेयर बेचेपछि ईडीआईएस गर्ने बेलामा मेरो सेयर वा डिम्याट खाता नै एक्स्पायर भएको थाहा भयो भने नवीकरण गर्न कत्ति झन्झटिलो छ ? आईपीओे हाल्नलाई खोज्दै गर्दा मेरो सेयर नै चलेन भने के गर्नुहुन्छ ? अथवा मेरो सेयर चलिहाले पनि डिम्याट नविकरण छैन रहेछ भने के गर्नुहुन्छ ? तपाइँ नियमित सेयर कारोबारी हुनुहुन्छ र आज सेयर बेच्न खोज्दै हुनुहुन्छ। कारोबार समयमा मेरो सेयरबाट बेच्न मिल्ने सेयर कुन–कुन हुन भनेर हेर्न खोज्नु भयो तर मेरो सेयर नविकरण नभएकोले लगिन गर्नै पाउनु भएन ? अब के गर्नुहुन्छ ?

यस्तै समस्याहरु प्रायः ग्राहकले भोग्दै आइराखेका छन्। यसबाहेक पनि कहिलेकाहीँ पासवर्ड बिर्सिएको वा मेरो सेयर सेवा ब्लक भएका कारण लगिन गर्न नपाउने, भनेको बेला ईडीआईएस हुन नसकेको र कारोबार राफसाफ अगाडि नै डीआईएस चेक लगेर क्यापिटलमा बुझाउन नभ्याउँदा क्लोज आउटमा परेकोजस्तो समस्या बारम्बार भोगिराखेका हुन्छन्। 

तपाइँ यदि माथि उल्लेख गरिएका जस्तै समस्यारुबाट गुज्रिरहनुभएको छ भने अब धन्दा नमान्नु होस् । प्रभु क्यापिटलले लगानीकर्ताका यस्तै–यस्तै प्रकारका बारम्बार भोगिराख्नुपर्ने समस्याहरु निवारणका लागि आफ्ना ग्राहकलाई ‘ट्रिपल नाइट ट्रिपल बेनिफिट डिम्याट खाता योजना’ ल्याएको हो। यस योजनामा सहभागी हुने ग्राहकले खाता खोलेको वर्षबाट ९ वर्षसम्मलाई डिम्याट र मेरो सेयर नवीकरण नभएका कारणबाट अत्यावश्यक परेका बेलामा भोग्नुपर्ने समस्यालाई निवारण गर्दछ। 

खाता खोलेपछि थप ८ वर्ष क्यापिटलले स्वयं ग्राहकको डिम्याट खाता र मेरो सेयरलाई नवीकरण गर्दछ। यतिमात्रै हैन मेरो सेयरबापत लाग्ने वार्षिक शुल्क रु. ५० समेत छुट गरेको छ। साथै, लगानी व्यवस्थापन सेवाअन्तर्गत सेवा लिन चाहने ग्राहकलाई सबै शुल्कमा ५० प्रतिशत छुटसमेत प्रदान गरेको छ। यति भएपछि तपाइलाई भएन त ९ वर्ष सम्म ढुक्क ? पक्कै पनि नवीकरण नभएकै कारणबाट हामीले भोगिराखेको दुःखबाट प्रभु क्यापिटलको यो योजनामा सहभागी हुनुहुने ग्राहकहरुले मुक्ति पाउनु हुनेछ। 

अब हजुरहरुलाई लाग्न सक्छ खै त ? पासवर्ड बिर्सियो भने के गर्ने वा मेरो सेयर ब्लक रहेछ भने के गर्ने भन्ने लाग्न सक्छ। यसका लागिसमेत प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुका लागि विशेष सेवा ‘८ टु ८’  सेवा सञ्चालन गरेको छ। बिहान ८ बजेबाटै तथा बेलुकी ५ बजेपछि ८ बजेसम्म ग्राहकले पासवर्ड बिर्सिएको, ब्लक भएको तथा ईडीआईएस गर्न नपाएको भएमा डीआईएस चेक जम्मा गर्नेलगायतका डीपीसम्बन्धी अत्यावश्यक सेवाहरु प्राप्त गर्न सक्नेछन्। यसरी सेवा लिनका लागि सम्भव भएमा क्यापिटलको कार्यालय कमलादीमै गएर सेवा लिन सकिन्छ। साथै ,सम्भव नभएमा समेत क्यापिटलले सञ्चालन गरेको मोबाइल नं. ९८४००७६१०० मा फोन गरेर वा एसएमएस गरेर तथा dp@prabhucapital.com मा आवश्यक सेवाका लागि ई–मेल लेखेरसमेत सेवा प्राप्त गर्न सकिनेछ। यसका साथै प्रभु क्यापिटलको ल्यान्डलाइन नं. ०१४२२२९३९ वा ४२२२९८७ मा कल गरेर पनि ग्राहकहरुले डीपीसम्बन्धी आवश्यक सेवाहरु प्राप्त गर्न सक्नेछन्। 

यी सुविधाहरु सहजै पाउने भएपछि ग्राहकले आजै रु. ९९९ मा ९ वर्षको लागि हुने ‘ट्रिपल नाइन ट्रिपल बेनिफिट डिम्याट योजना’ सहभागी भई सहज रुपमा सेयर कारोबार सञ्चालन गर्नुहोस्। 

प्रभु क्यापिटलले आफ्नो नियमित कार्यालय समय तथा ‘८ टु ८’ अन्तर्गत सञ्चालित समयका साथै प्रभु बैंकको नेपाल अधिराज्यभरि रहेका शाखाबाट यो योजनाअन्तर्गत डिम्याट खाता खोल्ने व्यवस्था मिलाएको छ। यसका साथै ग्राहकले प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत आवश्यक कागजातहरु संलग्न गरी अनलाइनबाटै यो योजनामा सहभागी हुनका लागि आवेदन दिन सक्नेछन्।