काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आज सोमबार सिन्धुपाल्चोकका स्कुले विद्यार्थीहरुलाई बैंकिङ ज्ञान प्रदान गरेको छ।

सिन्धुपाल्चोकको तेर्षे माध्यामिक, श्रीमहेन्द्र माध्यामिक, श्रीपाल्चोक माध्यामिक र भुमेश्वरी माध्यमिक विद्यालयमा कक्षा ७, ८ र ९ मा अध्ययनरत ४८ जना विद्यार्थीले  बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गरी बैंकिङ साक्षरता तथा ज्ञान हासिल प्राप्त गरेका हुन्। बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन तथा सम्पादन हुने विभिन्न क्रियाकलापको अवलोकन तथा अध्ययनका लागि ४८ जनाको संख्यामा आएका विद्यार्थीलाई विभिन्न समूहमा विभाजन गरी विभिन्न विभागहरुको स्थलगत अवलोकन गराइएको थियो । उक्त अवसरमा विद्यार्थीले प्रमुख कार्यकारी अधिकृतसमक्ष विभिन्न किसिमका बैंकिङ तथा वित्तीय जिज्ञासासमेत राखेका थिए। 

प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिकलगायतको सहयोग उपलब्ध गराउँदै आएको छ। आगामी दिनमा प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यक्रममा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालय तहको बैंकिङ व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउने प्रतिबद्ध रहेको छ।