काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएममा अध्ययनरत विद्यार्थीहरुका लागि सेयर बजारसम्बन्धी तीनदिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। 

गत चैत १७ गते सुरु भएको कार्यक्रम आज बिहीबारसम्म चलेको थियो। कार्यक्रममा करिब ६० जना विद्यार्थीको सहभागिता थियो। 

कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले गरेका थिए। 

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा सेयर बजारसँग सम्बन्धित वर्कसप तथा तालिम कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।