काठमाण्डौ । निष्क्रिय कर्जामा व्यापाक सुधार गरेको प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ४४.०८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। 

यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। 

यो अवधिसम्म बैंकको निष्क्रिय कर्जा २.९५ प्रतिशतबाट घटेर १.५८ प्रतिशतमा झरेको छ। यो हिसाबले बैंकले समीक्षा अवधिसम्म निष्क्रिय कर्जा ४६.४४ प्रतिशतले घटाउन सफल भएको छ।

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा ४६.८४ प्रतिशतले बढेर ३ अर्ब ५ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बैंकको यस्तो मुनाफा २ अर्ब ८ करोड रुपैयाँ रहेको थियो। 

यो अवधिसम्म बैंकले खुद ब्याज आम्दानीबापत ३ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ३ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंक १ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप संकलन १ खर्ब ३४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन ९९ अर्ब ३९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार १०.८३ प्रतिशतले बढेर ४ अर्ब २७ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ३ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो।

सीडी रेसियो ७४.४२ प्रतिशत रहेको बैंकको आधार दर ८.९८ प्रतिशतबाट घटेर ७.०६ प्रतिशतमा झरेको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २४.७९ रुपैयाँ रहेको छ। पीई रेसियो १८.७६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५२.८६ रुपैयाँ रहेको छ।