काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज वैशाख २३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले लाभांश र वार्षिक साधारणसभाका लागि यही वैशाख २६ गतेदेखि जेठ ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज वैशाख २३ गतेसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुने छन्। किनकि वैशाख २४ शुक्रबार र वैशाख २५ शनिबार (धितोपत्र कारोबार हुँदैन) परेको छ। 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १० प्रतिशत बोनस र ०.५३ प्रतिशत नगद (लाभांश कर प्रयोजनार्थ) रहेका छन्। 

प्रस्तावित लाभांश कम्पनीको आउँदो जेठ ६ गते हुने २५ औँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।