काठमाण्डौ । प्रभु बैंकले आउँदो जेठ ११ गते बाट ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ।

बैंकले रु. १ हजार अंकित दरका कुल ४० लाख इकाइ भएको ‘प्रभु बैंक डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये २४ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १६ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ। 

सार्वजनिक निष्कासन गरिने कुल १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा २ हजार ५०० इकाइ बाँडफाँड गरी बाँकी १६ लाख ७७ हजार ५०० इकाइ सार्वजनिक निष्कासनबाट बिक्री गरिनेछ।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइसम्म खरिदका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट खरिद आवेदन दिन सक्नेछन्। त्यस्तै सीडीएसी एन्ड क्लियरिङले सञ्चालन गरेको मेरो सेयरबाट पनि अनलाइन आवेदन दिन सकिनेछ।

दसवर्षे यो ऋणपत्रमा लगानीकर्ताले ८.५ प्रतिशत वार्षिक ब्याजदर तोकिएको छ। लगानीकर्ताले अर्धवार्षिक रुपमा ब्याज पाउनेछन्।
यो ऋणपत्रलाई नेपाल धितोपत्र बोर्डले गत वैशाख १६ गते निष्कासन गर्ने अनुमति दिएको थियो। 

इक्रा नेपालले यो ऋणपत्रलाई मोडरेट क्रेडिट रिस्क जनाउने (इक्रा–आईआर) बीबीबी ग्रेडिङ प्रदान गरेको छ। यो क्रेटिङ रेटिङ प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित तथा मध्यम कर्जा जोखिम रहने संस्थाका रुपमा लिइन्छ। 

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ १६ गते र ढिलोमा जेठ २६ गते बैंकिङ समयपछि हुनेछ।

ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।