काठमाण्डौ। प्रभु क्यापिटल सामूहिक लगानी कोषअन्तर्गत पहिलो योजना प्रभु सेलेक्ट फन्डको यही भोलि जेठ ५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिने भएको छ। 

प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाइ १० रुपैयाँ अंकित दरमा १ अर्बबराबरको १० करोड इकाइ जारी गर्न लागेको हो। यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

यो एउटा बन्दमुखि योजना हो। यस योजनाले इकाइ बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्नेछ अर्थात यो एउटा इक्विटी ओरियन्डेड योजना हो। 

निष्काशित कुल १० करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाइ र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कुल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाइका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्। फण्डको इकाइमा इच्छुक लगानीकर्ताले छिटोमा जेठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाइका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले जनाएको छ। 

नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन्। त्यसमध्येका कम्पनीको व्यावसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनोट गरी तीमध्ये अधिकतम ३० वटा कम्पनीहरुको सेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ। यो योजनाअन्तर्गत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ। 

प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो ?

विशेषतः यो एउटा सामूहिक लगानी योजना हो। जसले लगानीकर्तालाई युनिट बिक्री गरी संकलन गरेको रकमलाई भ्यालु भएका तथा ग्रोथ गर्ने सम्भावना रहेका कम्पनीहरुका साथै प्रतिफलका हिसाबले उच्च प्रतिफल सिर्जना गर्न सक्ने तथा वितरण गर्न सक्ने कम्पनीहरुको छनौट गरी लगानी गर्छ। यसरी तयार गरीएको लगानी पोर्टफोलियोलाई बजारमा आउने सामान्य उतार चढावहरुले खासै असर नगर्ने किसिमले संरचना तयार गरिने भएको हुँदा योजनामा सहभागी लगानीकर्ताहरुले तुलनात्मक रुपमा आफ्नो लगानी सुरक्षित तथा उच्च प्रतिफलयुक्त रहेको पाउनेछन्। 

यो फण्डको उद्देश्य के हो ?

सर्वप्रथम त योजनाअन्तर्गत छरिएर रहेका स–साना बचतहरुलाई संकलन गरी लगानीमा रुपान्तरण गर्ने कार्य यो योजनाले गर्नेछ। त्यसपछि योजनाको इकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामुहिक लगानी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्च प्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्याउने ढंगबाट आफ्ना कार्यहरुलाई अगाडि बढाउनेछ।

प्रक्षेपित न्याभ

वित्तीय प्रक्षेपण

फन्ड सुपरभाइजर

फन्ड टिम

इन्भेस्टमेन्ट मिक्स