काठमाण्डौ । प्रभु बैंक लिमिटेडको २ लाख बढी कित्ता संस्थापक सेयर साउन १५ गतेबाट लिलामीमा राखिने भएको छ। 

बैंकको कुल २ लाख २ हजार १८६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बेचिने भएको छ। लिलामी सेयरमा विद्यमान संस्थापकसँगै इच्छुक व्यक्ति तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामी सेयराको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले आफूले किन्न चाहेको सेयर संख्या तथा कबोल गरेको प्रतिकित्ता दर अंक र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र आउँदो साउन २९ गते दिउँसो १ः३० बजेसम्म पेस गर्नुपर्नेछ।