काठमाण्डौ । प्रभू बैंकका सेयरधनीले १० बराबर ४ को अनुपातमा अर्थात ४० प्रतिशतको दरले हकप्रद भर्न पाउने भएका छन् । 

बैंकको शुक्रबार सम्पन्न १५ औं वार्षिक साधारणसभाले संचालक समितिको बैठकले गरेको ४० प्रतिशतको हकप्रद प्रस्तावलाई पारित गरेको हो । 

विशेष प्रस्तावको रुपमा हालको ५ अर्ब ८८ करोड चुक्तापूँजीलाई ८ अर्ब २३ करोड पुर्याउने गरी हकप्रदको बिषयलाई साधारणसभामा पेश गरिएको थियो । साधारणसभाबाट यो प्रस्ताव पारित भएसँगै नेपाल राष्टबैंकले दिएको समयसीमाअघि नै प्रभू बैंकले ८ अर्ब चुक्तापूँजी सुविधाजनक ढंगले पुर्याउने निश्चित भएको छ । 

साधारणसभाले आगामी दिनमा अन्य बैंक तथा बित्तीय संस्था गाभ्ने, गाभिने वा प्राप्ति तथा खरीदको प्रक्रिया अगाडि बढाउन समेत संचालक समितिलाई समेत अख्तियारी दिएको छ । 

यसैगरी, साधारणसभाले ६ जना संचालकहरुलाई समेत निर्विरोध चयन गरेको छ । संस्थापक सेयरधनीको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेश सिंह खड्का तथा सर्वसाधारण शेयरधनीहरुको तर्पmबाट कुसुम लामा र दक्ष पौडेल(सुभाष) निर्विरोध चयन भएका हुन् । उनीहरु यसअघिको समेत संचालक हुुन् । निर्वाचन कार्यक्रमको अवधिभरि अरु कसैले उम्मेद्वारी नहालेका र उनीहरुको मात्र परेको निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हलमा उपस्थित निर्वाचन अधिकृतले बताएका थिए ।