काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभूू बैंकको नाफा घटेको छ । उच्च ब्याज खर्चमा नियन्त्रण कायम हुन नसक्दा खूद नाफा घटेको हो । 

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो बैंकको खूद नाफा २८ करोड २४ लाख रहेकोमा घटेर यो वर्षको पहिलो त्रैमासमा २५ करोड ७ लाखमा सीमित बन्न पुुगेको हो । 

यो बैंकको खूद ब्याज आम्दानी भने केही बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ४६ करोड ८२ लाख रहेको यस्तो आम्दानी बढेर ५१ करोड ३४ लाख पुुगेको हो । 

अघिल्लो वर्ष बैंकको ब्याज खर्च ४८ करोड ९५ लाख रुपैयाँ रहेकोमा यो वर्ष अचाक्ली बढेर १ अर्ब ३४ करोड १९ लाख पुुगेको छ । 

समीक्षा अवधिमा बैंकले रिजर्ब कोषमा ३९८ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ५५ करोड ४७ लाख रहेको कोष बढेर समीक्षा अवधिमा २ अर्ब ७६ करोडको उचाईमा पुुगेको छ । 

यो अवधिमा बैंकले ८२ अर्ब ८३ करोड निक्षेप संकलन गरी ६६ अर्ब ७६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ६५ अर्ब २९ करोड निक्षेप संकलन गरी ५१ ऋर्ब ७४ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकले संचालन नाफामा पनि उल्लेख्य प्रगति गरेको छ । अघिल्लो वर्ष १९ करोड ९६ लाखमा सीमित संचालन नाफा बढेर २३ करोड ७१ लखको  उचाईमा पुुगेको छ । 

बैंकले यो अवधिमा खराब कर्जालाई उल्लेख्य मात्रामा घटाएको छ । अघिल्लो वर्षको यही अवधिमा ७.५४ प्रतिशत रहेको खराब कर्जा घटेर समीक्षा अवधिमा ४.२३ प्रतिशतमा झरेको छ । 

नाफा घट्दा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो वर्ष १९ रुपैयाँ २१ पैसा रहेको इपीएस घटेर १७ पैसा ५ पैसा कायम भएको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १४७.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २२.१७ गुणा कायम भएको छ ।