काठमाण्डौ । प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा मर्जरमा जाने सम्झौता भएको छ । 

बिहीबार साँझ एक समारोहका बीच दुवै कम्पनीका अध्यक्षले मर्जरको प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका हुन् । 

ठमेलस्थित होटल अलफ्टमा एक समारोहका बीच दुई बीमा कम्पनीका अध्यक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए । 

दुवै कम्पनीको सेयर स्वाप रेसियो १ः१ रहने सहमति भएको छ भने मर्जरपछि बन्ने कम्पनीको नाम प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेड रहनेछ । 

यस्तै, मर्जरपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मी लाइफका रमेश भट्टराई रहनेछन् भने प्रभू लाइफका अध्यक्ष सुभास अमात्य अध्यक्ष बन्ने सहमति भएको छ ।