काठमाण्डौ । प्रभूू इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो कम्पनीको नाफा १ करोड ८८ लाख रुपैयाँ थियो । 

समीक्षा अवधिमा कम्पनीको बिमा शुल्कबाट हुने आम्दानी घटेको छ । यो वर्ष बिमाशुल्कबाट १५ करोड १३ लाख आम्दानी भएकोमा अघिल्लो वर्ष यस्तो आम्दानी १५ करोड २५ लाख थियो । 

कम्पनीको पुनर्बिमा कमिसनबाट हुने आय चाहि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यस्तो आय ३ करोड ७१ लख रहेकोमा यो वर्ष बढेर ४ करोड १४ लाखको उचाईमा पुुगेको छ । लगानी, कर्जा तथा अन्यबाट हुने आय ८७ लाखबाट घटेर ७५ लाखमा झरेको छ । 

समीक्षा अवधिमा यो कम्पनीले ६ करोड १६ लाख बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ७ करोड ९ लाख थियो । 

कम्पनीको व्यवस्थापन खर्च पनि बढेको छ । अघिल्लो वर्ष यही अवधिमा २ करोड ७५ लाख रहेको यस्तो खर्च बढेर यो वर्ष ३ करोड २३ लाख पुुगेको छ । 

अघिल्लो वर्ष २१ हजार ५ सय ९३ रहेको जारी बिमा लेखको संख्या यो वर्ष घटेर १७ हजार २ सय २४ मा सीमित बन्न पुुगेको छ । 

कम्पनीले बिमा कोष र जगेडा कोषलाई मजबुत बनाएको छ । अघिल्लो वर्ष २५ करोड ८१ लाखमा सीमित बिमाकोषको आकार बढी ३४ करोड २४ लाख पुुगेको छ भने ११ करोडमा सीमित जगेडाकोष बढेर १५ करोड ७५ लाखको उचाईमा पुुगेको छ । यस्तै, ३ करोड ९० लाखमाा सीमित महाविपत्ति जगेडा पनि बढेर ५ करोड ४८ लाखको उचाईमा पुुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८६ गुणा कायम भएको छ ।