काठमाण्डौ । प्रभू बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश घोषणा गरेको छ । 

बैंकको आइतबार बसेको संचालक समितिको बैठकले सेयरधनीलाई २०७६/७७ को नाफाबाट १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

हाल कायम चुक्तापूँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३ करोड १५ लाख ५० हजार ६६३ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.५२६३ प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ९२ हजार १४१ रुपैंया बराबर नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ ।