काठमाण्डौ । पच्चीस वर्ष इन्स्योरेन्स सेक्टरमा बिताइसकेका र हाल नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको पुख्र्यौली घर बैतडी जिल्लाको सिगास गाउँपालिका गैरा हो । हाल उनी काठमाण्डौ सरस्वतीनगरमा बसोबास गर्छन् । 

दशैंको आगमनलाई साउद धान भित्र्याउने, पिङ खेल्ने र टाढा–टाढाका मान्छेसँग जमघट हुने पर्वका रुपमा बुझ्छन् । विगत १८ वर्षदेखि दशैंमा घर नगएका उनी यसपालि नेप्सेकै कार्यक्रमका कारण सिङगापुर जाँदैछन् । 

मांसाहारी भोजन गर्ने साउद कहिलेकाहीं मद्यपान समेत गर्ने बताउँछन् । 

दशैंमा एकदिन मात्र टीका थाप्ने परम्परा रहेको बताउँदै साउदकहाँ नाता पर्ने गाउँका अन्य व्यक्तिहरु पनि आउने गरेको बताउँछन् । 

साउद स्नातक पढ्दै गर्दा दशैंका बेला घर जाँदै गर्दा कञ्चनपुरसम्म हवाई यात्रा र टनकपुर विथौडागढ हुँदै वैतडीको सदरमुकाम अनि झुलाघाट हुँदै हिँडेर घर पुगेको दशैं चाहिँ स्मरणीय रहेको सम्झिए ।

दुर्गा भवानीको  टीकाप्रसाद ९१ वर्षीय बुवाबाट लिंदै आएका साउद  पहिले तास खेल्ने गर्थे ।

यो दशैंमा शिव खेडाको किताब पढ्ने योजना रहेको साउदको भनाइ छ ।