काठमाण्डौ । प्राइम कमर्सियल बैंकलाई ओम डेभलपमेन्ट बैंकलाई अक्वायर गर्न नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको छ । 

प्राइमले ओमसँग अक्वायरका लागि भदौ ३ गते सम्झौता गरेको थियो । 

प्राइमले ओम डेभलपमेन्ट बैंकलाई गाभेपछि चुक्तापूँजीको हिसाबले गन्तीको वाणिज्य बैंक बन्नेछ । ओमलाई गाभेपछि प्राइमको चुक्तापूँजी १० अर्ब माथि पुग्नेछ । यी दुई संस्था आपसमा मिलेपछि शाखा सञ्जाल संख्या १२० पुग्नेछ ।

यी दुई बैंकको मर्जरका लागि डिडिएको काम धमाधम भइरहेको बताइएको छ । डिडिए रिपोर्टका आधारमा मर्जरका लागि सेयर स्वाप अनुपात निर्धारण हुनेछ ।