काठमाण्डौ । प्राइम कमर्सियल बैंकका ग्राहकहरुको खाता नम्बर परिवर्तन हुने भएको छ।
बैंकले ग्राहकको खाता नम्बर परिवर्तन गर्न लागेको हो। अब ग्राहकको खाता भदौ २३ गते (शनिबार)देखि १० अंक/अक्षरबाट परिवर्तन भई २० अंकको कायम हुने बैंकले जनाएको छ।
बैंकका अनुसार नयाँ खाताको कारोबारहरु ग्राहकसँग हाल भइसकेको चेक तथा एटीएम कार्डबाट नै गर्न सकिनेछ। ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्टआईपीएसलगायतका सेवाहरुमा प्रयोग भएका साबिकको खाता नम्बरहरु प्रतिस्थापन गरी बैंकबाट नै नयाँ खाता नम्बर अद्यावधिक गरिनेछ’, बैंकद्वारा आज जारी सूचनामा उल्लेख छ।
अन्य सबै निकायहरु जस्तैः स्टक ब्रोकर तथा डिम्याट अकाउन्टमा ग्राहक आफैँले नयाँ २० अंकको खाता नम्बर अद्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ।
यसैगरी बैंकको कोर बैंकिङ सिस्टम (सीबीएस) अद्यावधिक हुने भएकोले भोलि भदौ २२ गते (शुक्रबार) राति १० बजेदेखि राति १२ बजेसम्म बैंकको एटीएम, मोबाइल बैंकिङलगायत सम्पूर्ण सेवा प्रभावित हुने बैंकले जनाएको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago