काठमाण्डौ । प्राईम कमर्सियलबैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा नेपालमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । 

सहकार्य सम्झौतामा बैंकका उप(महाप्रबन्धक भाईराजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।


प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने वित्तिकै रु.१०० को मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरी सकिएका अन्य बैंकमा वा त्यहाँबाट प्राईम कमर्सियलबैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बरमार्फत रकम स्थानान्तरण गर्न सक्नेछन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपेमार्फत अन्य व्यापारिक भुक्तानीगर्र्न सक्नेछन् । यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरुको बिललगायत बिल भुक्तानी गर्न सकिने छ ।

सन् २००७ मा स्थापनाभएको प्राईम बैंकले ९९ शाखाहरुर ५४ एटीएमहरुमार्फत ग्राहकहरुलाई सेवा पु¥याउँदै आएको जनाएको छ ।