काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामीमा आज बिहीबारबाट लिलामीमा राखिएको छ।

नेरुडेले प्राइम बैंकको नाममा आफ्नो संस्थामा रहेको ८६ हजार ९०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यसअघि संस्थामा रहेको प्राइम बैंकको १ लाख १० हजार कित्ता संस्थापक सेयर खरिद गर्न संस्थापक सेयरधनीहरुलाई ३५ दिनको अवधि दिइएको थियो। सो अवधिमा केवल २२ हजार ७०० कित्ता खरिद भएका कारण बाँकी रहेको ८६ हजार ९०० कित्ता लिलामीमा राखिएको हो।

यो लिलामी सेयरमा अब सेयरधनीलगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पनि बोलपत्र पेस गर्न पाउनेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतम संख्याका लागि कुन हद लाग्ने छैन। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। बोलपत्र सनराइज क्यापिटलको काठमाण्डौ कमलपोखरीस्थित कार्यालय, प्राइम बैंकका शाखा कार्यालयहरु बिर्तामोड, वीरगन्ज, विराटनगर, भरतपुर र नेपालगन्जमा पेस गर्न सकिनेछ।

बोलपत्र पुस २ गते अपराह्न ३ बजेभित्र पेस गरिसक्नुपर्नेछ।