काठमाण्डौ । प्राइमला इफइन्स्योरेन्स कम्पनी लिमिटेडले अर्घाखाँचीको सितगंगा नगरपालिका–२ सीतापुर स्थायी घर भई सन्धिखर्क नगरपालिका–१ मा इलेक्ट्रोनिक्स व्यवसाय गर्दै आएका स्वर्गीय प्रेमबहादुर क्षेत्रीको परिवारलाई जीवनबीमाबापतको मृत्यु दाबीभुक्तानी रकम कागजात पूरा भएको ४ दिनमै हस्तान्तरण गरेको छ।

कोरोनाका कारण युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारकै क्रममा गत मंसिर ३ गते प्रेमबहादुरको मृत्यु भएपश्चात उनकी पत्नी केसरा क्षेत्रीले गत मंसिर २४ गते कम्पनीमा निवेदन दिएकी थिइन् र आवश्यक सम्पूर्ण कागजात पुस १६ गते पूरा गरेकी थिइन्। उनले प्राइम लाइफमा रु. २ लाख १ हजारमात्रको बीमा गरेका थिए। उनले कम्पनीमा ३ किस्ताबापत रु. ४९ हजारमात्र बुझाएका थिए। 

प्रेमबहादुरको मृत्युपश्चात मृत्यु दाबीभुक्तानीबापतको रकम रु. २ लाख ३७ हजार ९८४ मध्ये उनको यस वर्षको किस्ता रकम भुक्तानी नगरेकोले सोबापतको रकम रु. १६ हजार ३५२ कट्टा गरी बा“की रकम रु. २ लाख २१ हजार ६३२ कम्पनीले केसरा क्षेत्रीको बैंक खातामा हिजो पुस २० गते सीधै भुक्तानी गरिएको कम्पनीको अर्घाखाँची कार्यालयका प्रमुखनारायण घिमिरेले जानकारी दिए।