काठमाण्डौ । विभिन्न बैंकर्स,उद्योगी,व्यवसायी,शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नवीनतम बैकिग सेवाहरु प्रदान गर्दै आएकोे प्राइम कमर्सियल बैंकले आज आफनो साधारण सभा सम्पन्न गरेको छ ।

आज सम्पन्न बाह्रौं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बितरण गर्ने गरी तेह्रों वार्षिक साधारण सभा अनलाइन (भर्चुअल) समेतबाट सम्पन्न गरेको छ ।

बैकले आगामी दिनहरुमा पनि बैकको सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै लगी आपनो शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिन बैक प्रतिवद्ध रहेको जनाएको छ ।