काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ । 

बैंकको कात्तिक २२ गते सोमबार बसेको संचालक समितिको ४३३ औं बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १६.६३१३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांशमध्ये १६ प्रतिशतको दरले बोनस सेयर र०.६३१३% का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ ।

प्रस्तावित बोनस शेयर र नगद लाभाँश नेपाल राष्ट्र बैंकबाट स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भए पश्चात सेयरधनीले पाउने बताइएको छ ।