काठमाण्डौ । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (मंसिर २१ गते) अन्तिम मौका रहेको छ।

बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग योग्य हुनेछन्।

प्राइम बैंकले गत आर्थिक वर्षका लायिग कुल १६.६३१३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद लाभांश रहेका छन्।

बैंकले आउँदो पुस ६ गते १४ औँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।