काठमाण्डौ । गत आर्थिक वर्षको बोनस सेयरका लागि प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयरमूल्य समायोजन गर्दै प्राइम बैंकको प्रतिकित्ता ३८१.९० रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो बैंकको प्रतिकित्ता ४४३ रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि प्राइम बैंकले आज मंसिर २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको हिजो मंसिर २१ गतेसम्म कायम सेयरधनीहरुले यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

प्राइम बैंकले गत आर्थिक वर्षका लागि कुल १६.६३१३ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद लाभांश रहेका छन्।

बैंकले आउँदो पुस ६ गते १४ औँ वार्षिक साधारणसभा डोकेको छ। सोही सभाले लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।