काठमाडौ । प्राप्ति प्रक्रियालाई अनुमोदन गर्न नेपाल फाइनान्स र ललितपुर फाइनान्स लिमिटेडले एकैदिन विशेष साधारणसभा आह्वान गरेका छन्।
दुवै कम्पनीका सञ्चालक समितिको हिजो जेठ १२ बसेको बैठकले विशेष साधारणसभा आगामी जेठ २८ गते आयोजना गर्ने निर्णय गरेको हो। नेपाल फाइनान्सको सभा काठमाण्डौको कमलादीस्थित केन्द्रीय कार्यालयमा र ललितपुर फाइनान्सको सभा ललितपुरको लगनखेलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट वेबिनारमार्फत सुरु हुनेछ।
सभाले दुवै कम्पनीको प्राप्तिसम्बन्धी कामकारबाहीलाई अन्तिम स्वीकृति प्रदान गर्दै अनुमोदन गर्नेछ। सभाले मूल्यांकनकर्ताबाट प्राप्त डीडीए रिपोर्टका आधारमा तयार पारिएको सेयर स्वाप रेसियो पनि अनुमोदन गर्नेछ। ललितपुर फाइनान्स १ः१ अनुपातमा नेपाल फाइनान्समा विलय हुने भएको छ।
सभाले प्राप्ति प्रक्रिया टुंगिएपछि संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, हेरफेर तथा उपयुक्त व्यवस्था गर्न र संस्थालाई आवश्यक पर्ने अन्य नीतिनियम संशोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि सभाले अनुमोदन गर्नेछ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago