काठमाण्डौ । मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियालाई टुंगो लगाउन दुवै लघुवित्तले एकैदिन विशेष साधारणसभा डाकेका छन्।
दुवै लघुवित्तको हिजो असार १५ गते बसेको सञ्चालक समितिको बैठकले यही असार ३१ गते विशेष साधारणसभा डाकेका हुन्। मिर्मिरे लघुवित्तको विशेष साधारणसभा काभ्रेको धुलिखेलस्थित होटेल सारथी र बुद्धज्योति लघुवित्तको रुपन्देहीको लुम्बिनी सांस्कृति नगरपालिकास्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
दुवै सभाले मिर्मिरेले बुद्धज्योति प्राप्ति गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछन्। प्राप्ति प्रयोजनका लागि मूल्यांनकर्ताबाट चल–अचल सम्पत्ति तथा दायित्वको मूल्यांकन गरी प्राप्त प्रतिवेदन (डीडीए) का आधारमा बुद्धज्योतिको समायोजित सेयरमूल्यसम्बन्धी अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले प्राप्ति गर्ने सम्बन्धमा सम्पन्न प्रारम्भिक सम्झदारीपत्र, सम्पत्ति तथा दायित्वको मूल्यांकन प्रतिवेदन तथा प्राप्ति सम्बन्धमा गठित संयुक्त प्राप्ति समिति र सञ्चालक समितिले गरेका निर्णय एवं सो सम्बन्धमा भएका कामकारबाही तथा खर्च अनुमोदन गर्नेछ।
मिर्मिरेले बुद्धज्योतिलाई प्राप्ति गरेपश्चात संस्थाको पुँजी संरचनामा हुने परिवर्तनबमोजिम पुँजी संरचना समायोजन गर्न थप सेयर (एफपीओ) प्रिमियममा जारी गर्ने विशेष प्रस्ताव पनि दुवै सभाले अनुमोदन गर्नेछ।
संस्थाको प्रबन्धपत्र तथा विनियमावलीमा आवश्यक संशोधन गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।
सभा प्रयोजनका लागि मिर्मिरे लघुवित्तले यही असार २४ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ असार २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो लघुवित्तको विशेष साधारणसभा भाग लिन योग्य हुनेछन्।
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago