काठमाण्डौ । अब कुनै पनि संगठित संस्थाको मर्जर प्रक्रिया प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सक्नुपर्ने भएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन) आज संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ। 

यस निर्देशका कार्यान्वयन गर्दा कुनै बाधा अड्काउ पर्न आएमा सेबोनले त्यस्तो बाधा अड्काउ फुकाउन सक्ने कार्याविधिमा व्यवस्था गरिएको छ। 

सूचीकृत संगठित संस्था र सूचीकरण नभएको संगठित संस्था एकआपसमा गाभ्ने गाभिने वा प्राप्ति हुने भएमा नियमकारी निकायले तोकेको सेयर स्वामित्वअनुसार मिलाउनुपर्नेछ।

संगठित संस्थाले उक्त कार्य एकीकृत व्यावसायिक कारोबार सुरु गरेको एक वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ।