काठमाण्डौ। विश्व बजारमा कुनै समय ६० हजार प्रतिइकाइ पुगेको बिटक्वाइन पुनः त्यही उचाइमा पुग्दै गर्दा नाफा बुकको संकेत देखिएको छ। 

इलिअट वेभ सिद्धान्तका आधारमा र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा अघिल्लोपटक झरेको न्यूनतम मूल्य ३० हजार डलरलाई आधार मान्दा माइनर डिग्रीको वेभ १ ४२ हजार २३० डलरमा बनेको छ। सोही डिग्रीको वेभ २ करेक्सन हुँदै ३७ हजार ८५ डलरसम्म आएको छ। 

वेभ ३ जुन सबैभन्दा तीव्र र लामो हुने गर्छ। यो लगभग ५२ हजार डलरसम्म पुगेको छ। सोही डिग्रीको वेभ ४ जसलाई करेक्सनका रुपमा बुझिन्छ। यो फिवोनासीको ३८.२ प्रतिशतसम्म करेक्सन हुने गर्छ। यो वेभमा ४० हजार ५१५ डलरसम्म आएको देखिन्छ। 

वेभ ५, जुन वेभ १ बराबर तथा त्यसको १२० प्रतिशतसम्म जान सक्छ भन्ने इलिअट वेभको सिद्धान्तलाई आधार मान्दा हालका लागि ५५ हजार डलरदेखि ६० हजार डलरको कुनै पनि तहबाट वेभ ५ पूरा भएर वेभ ए, बी र सी चल्न सक्छ। वेभ ए, बी र सीमा केही लामो करेक्सन भएर बिटक्वाइनको मूल्य पुनः ४० हजार डलरसम्म आउन सक्ने देखिन्छ।  

एमएसीडी लाइनका आधारमा पनि हिस्टोग्राम सकारात्मक भएका छन्। तर, घट्दै–घट्दै गएकोले नाफा बुक हुँदै गएको पनि बुझिन्छ।(हेनुहोस् कालो एरो)