काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आज बुधबारबाट १ लाख बढी कित्ता सेयर लिलामीमा राखेको छ।
प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको कुल १ लाख ३ हजार ७०० कित्ता संस्थापक सेयर आजबाट लिलामीमा राखिएको हो। लिलामीमा राखिएको सेयरमा इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी आवेदन दिनुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा १० गते भाग जाने गरी सम्पूर्ण १ लाख ३ हजार ७०० कित्ताका लागि आवेदन दिन सकिनेछ।
धितोपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। बोलपत्र काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड वा प्रिमियर इन्स्योरेन्सको नक्सालमै रहेको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
बोलपत्र पेस गर्ने अन्तिम मिति माघ ८ गते बैंकिङ समयसम्म तोकिएको छ।
20 minutes ago
34 minutes ago
47 minutes ago
59 minutes ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago