काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। 

कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले चुक्तापुँजी १ अर्ब २२ करोड ७६ लाख ८४ हजार ८०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ६ करोड १३ लाख ८४ हजार २४० रुपैयाँबराबरको बोनस सेयर र १० प्रतिशतले हुन आउने १२ करोड २७ लाख ६८ हजार ४८० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) रहेका छन्। 

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।