काठमाण्डौ । नेप्से परिसूचक बुधबार प्रि–ओपन सेसनमा ३४.६२ अंकले बढेको छ।

अघिल्लो कारोबार दिन मंगलबार ५.५७ अंकको करेक्सन आएको परिसूचकमा प्रि–ओपन सेसनमा ३४.६२ अंकले बढेर २३६१.५२ को विन्दुमा उक्लिएको छ। प्रि–ओपन सेसनमा राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ७.७८ अंकले बढेर ४५०.६० को उचाइमा पुगेको छ। 

यो सेसनमा ४६ कम्पनीका १२ हजार ७०२ कित्ता सेयर १ करोड ९५ लाख ३५ हजार ५४८ रुपैयाँमा कारोबार भएको छ। यो सेसनमा जीवन बीमा समूहमा सर्वाधिक ३९९.५२ अंक र निर्जीवन बीमा समूहमा १४८.०५ अंकको उछाल आएको छ। 

प्रि–सेसनमा १० वटा उपसमूहको कारोबार खुल्न ९ वटामा हरियाली छाएको छ भने होटेल्स् समूहमा २५.४९ अंकको गिरावट आएर रातो पोतिएको छ।