काठमाण्डौ । नेपालका लागि प्रोटन मोटर्सको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले मनसुन एक्सचेन्ज अफर ल्याएको छ। 

कम्पनीका अनुसार एक्सचेन्ज अफर यही असार २३ गतेदेखि असार २७ गतेसम्म लागू हुनेछ। यो योजनाअन्तर्गत ग्राहकले कम्पनीको गौरीधारास्थित प्रोटन शोरुममा उपलब्ध विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नेछन्।

यो योजनाअन्तर्गत ग्राहकले स्पट एक्सचेन्ज सुविधा, पुराना सवारीसाधनको तत्काल मूल्यांकन, २० प्रतिशत डाउन पेमेन्ट सुविधा, एक्सचेन्ज बोनस र निःशुल्क बीमा र एक वर्षका लागि निःशुल्क सडक कर प्राप्त गर्नेछन्। 

यसबाहेक ग्राहकले टेस्ट ड्राइभमा आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्नेछन्।