काठमाण्डौ । माइक्रोफाइनान्स कम्पनीहरुमध्ये आकर्षक र टप फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्थाको चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा नाफा घटेको छ । यो अवधिमा फरवार्डको खूद नाफा १४ करोड ५४ लाख कायम भएको हो । अघिल्लो वर्ष यही अवधिमा कम्पनीको खूद नाफा १४ करोड ६८ लाख रहेको थियो । यसरी नाफा ०.९२ प्रतिशतको गिरावट आएको देखिएको छ । 

फरवार्डको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३२ करोड ७४ लाख रहेको यस्तो आम्दानी घटेर यो वर्ष ३१ करोड ५ लाखमा समेटिन पुुगेको छ । 

समीक्षा अवधिमा फरवार्डले २ अर्ब ७७ करोड निक्षेप संकलन तथा ३ अर्ब ६३ करोड सापटी लिई ६ अर्ब ४९ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा २ अर्ब १९ करोड निक्षेप संकलन तथा ३ अर्ब ११ करोड सापटी लिई ५ अर्ब ४४ करोड कर्जा परिचालन गरेको थियो । 

फरवार्डमा निस्क्रिय कर्जाको अनुपात ०.२७ प्रतिशतबाट बढेर ०.६७ प्रतिशत पुुगेको छ । कम्पनीले १०.७९ प्रतिशत रहेको कस्ट अफ फण्डलाई भने १०.३८ प्रतिशतमा झार्न सकेको देखिन्छ । 

कम्पनीको रिजर्बकोषमा राम्रो बढोत्तरी भएको छ । अघिल्लो वर्ष ४९ करोड ५८ लाख रहेको कोष मजबुत भई ७० करोड २९ लाखको भएको छ । 

समीक्षा अवधिमा फरवार्डको प्रतिसेयर आम्दानी ७२.७२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ४५१.४५ रुपैयाँ कायम भएको छ ।