काठमाण्डौ । लघुवित्त कम्पनीहरुमध्ये आकर्षक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आगामी चैत ४ गते आफ्नो पाँचौ वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीको सुनसरीको दुहबीस्थित आफ्नो केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो । 

साधारणसभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम २०७४ असार मसान्तमा कायम रहेको चुक्तापूँजी बीस करोडको १५ प्रतिशतले हुने नगद लाभांश ३ करोड तथा नगद लाभांशमा लाग्ने कर समेत वितरण गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 

यस्तै, विशेष प्रस्तावको रुपमा संचालक समितिले प्रस्ताव गरी नेपाल राष्ट्रबैंकबाट वितरण गर्न स्वीकृत भए बमोजिम २०७४ असार मसान्तमा कायम रहेको चुक्तापूँजी २० करोडको ५० प्रतिशतले हुन आउने रकम १० करोड बराबरको बोनस सेयरलाई सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम रहेका सेयरधनीले पाउने गरी वितरण गर्ने तथा सो अनुपातमा बोनस सेयर जारी गर्दा आउने भिन्न अंकलाई नगद लाभांशबाट समायोजन गर्ने गरी सेयरधनीको समूहको वर्तमान सेयर ग्रहण अनुपात कायमै रहने गरी भिन्न अंकको बोनस सेयरलाई पूर्ण अंकमा परिणत गरी चुक्तापूँजीमा समायोजन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । 

बित्तीय संस्थाको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धिको प्रस्ताव समेत पेश हुनेछ । 

साधारणसभा प्रयोजनका लागि फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चैत १७ गतेदेखि बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ यो कम्पनीले घोषणा गरेको लाभांश पाउनका लागि चैत १६ गतेभित्र कम्पनीको सेयर खरीद गरिसक्नुुपर्नेछ ।