काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्समा रहेको आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको झन्डै ४ लाख कित्ता संस्थापक सेयर आजबाट लिलामीमा राखिएको छ।
फरवार्ड माइक्रोफाइनान्समा रहेको आरएमडीसीको कुल ३ लाख ९४ हजार ६३४.४६ कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ। यो लिलामी सेयरमा विद्यमान सेयरधनीका साथै इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्।
लिलामीमा सेयरको न्यूनतम ८५० रुपैयाँ प्रतिकित्ता तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ता यही असार १७ गते बैंकिङ समयसम्म काठमाण्डौको कमलपोखरीस्थित सनराइज क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ।
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago
2 months ago