काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा अघिल्लो वर्षको तुलनामा ४.१६ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ । 

सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष संस्थाले ८ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

संस्थाको सञ्चालन मुनाफा भने प्रथम त्रैमासमा १३ करोड १५ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा १२ करोड ६३ लाख रुपैयाँ रहेको थियो । 

त्यस्तै संस्थाले खुद ब्याज आम्दानी २२ करोड १८ लाख रुपैयाँ गर्न सफल भएको छ । गत वर्ष १८ करोड ८ लाख रुपैयाँ रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले ४ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ३ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । 

संस्थाले समीक्षा अवधिमा रिजर्भको आकार १६.५ प्रतिशतले बढाएको छ । गत वर्ष ८१ करोड ८९ लाख रुपैयाँ रिजर्भमा यो वर्षको पहिलो त्रैमासमा बढेर ९५ करोड ४५ लाख रुपैयाँ पुगेको छ । 

संस्थाको चुक्ता पुँजी ३७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्था चुक्ता पुँजी ३० करोड रुपैयाँ थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ८८.७३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३५२.७४ रुपैयाँ पुगेको छ ।