काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि आकर्षक लाभांश प्रस्ताव गरेको छ।

संस्थाको हिजो बुधबार अपराह्न बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी ५० करोड ४ लाख १५ हजार ४०० रुपैयाँको कुल ३१.५८ प्रतिशतले हुन आउने १५ करोड ८० लाख ३१ हजार १८३.३२ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। जसमा २५ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३ हजार ८५० रुपैयाँबराबरको बोनस सेयर र ६.५८ प्रतिशतले हुन आउने ३ करोड २९ लाख २७ हजार ३३३.३२ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।