काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख कित्ता संस्थापक सेयर आज (असार १३ गते) बाट लिलामीमा राखिएको छ। 

लिलामीमा राखिएको सेयर खरिदका लागि विद्यमान संस्थापक सेयर तथा योग्य अन्य व्यक्ति, कम्पनी र संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

लिलामीमा राखिएको सेयर न्यूनतम मूल्य ३४५ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सोभन्दा बढी कित्ताका लागि आवेदन दिनुपर्नेछ। 

धितोपत्र बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित बीओके क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १७ गते बैंकिङ समयसम्म तोकिएको छ।