काठमाण्डौ । आईसीएफसी फाइनान्सको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ३ लाख बढी कित्ता संस्थापक सेयर आज साउन २१ गतेबाट लिलामीमार्फत बिक्री खुलाइएको छ। 

फर्स्ट माइक्रोफाइनान्सको ३ लाख १९ हजार ४१० कित्ता संस्थापक सेयर लिलामीमा राखिएको हो। यो लिलामी सेयरमा संस्थाप सेयरधनी वा योग्य जोकाही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ३०० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्ता वा १० अंकले गुणांकमा अधिकतममा सम्पूर्ण कित्ता खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको काठमाण्डौ कमलादीस्थित प्रधान कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २४ गते बैंकिङ समयसम्म तोकिएको छ।