काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत समुदायमा रहेर काम गर्ने विभिन्न प्रकृतिका १२ संस्थालाई शुक्रबार आआफ्नो समुदायवरपरको फोहोर मैला संकलनका लागि सहयोग पुर्याउने उद्देश्यका साथ डस्टबिन वितरण गरेको छ। 

संस्थाको १२ औँ वार्षिकोत्सवको अवसरमा उक्त सहयोग प्रदान गरिएको हो।

संस्थाको रजिस्टर्ड कार्यालय ज्ञानेश्वरपरिसरका सार्वजनिक स्थलहरु, काठमाण्डौ वडा नं. ३० को कार्यालय, नक्साल भगवति मन्दिर, आनन्द भैरव मन्दिर ज्ञानेश्वर, सानोगौचरन खेलमैदान, सशस्त्र प्रहरी शिक्षालय, टंगालमा विटंगाल, नन्दीरात्री स्कुल नक्साल, बालमन्दिर नक्साल, चार्टर्ड टावर परिसर ज्ञानेश्वर एवं महिला लघुवित्त वित्तीय संस्था डिल्लीबजार, फोकस बचत तथाऋण सहकारी संस्था सोल्टीमोड तथा महिला सहयोगी बचत तथा ऋण सहकारी संस्था सामाखुशीलाई गरी जम्मा ५० थान डस्टबिन वितरण गरिएको थियो।