काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले फर्स्ट माइक्रोफाइनान्समा रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर आज सोमबारदेखि लिलामीमा राखेको छ। 

बैंकले फर्स्ट माइक्रोफाइनान्सकोे ८१ हजार ५०० कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो लिलामी सेयरमा विद्यमान संस्थापक वा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्। 

बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा पेस गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्ने अन्तिम मिति बैशाख २६ गतेसम्म तोकिएको छ।