काठमाण्डौ । नेपाली कपडा ब्राण्ड ‘फलानो लुगा’को आउटलेट काठमाडौंको सुन्धारा र ललितपुरको पुल्चोकपछि पूर्वमा इटहरी र पश्चिममा बुटवलमा पनि थपिएको छ । 

सुनसरीको इटहरीमा आउटलेट खुलिसकेको छ भने रुपन्देहीको बुटवलमा यही दशैंको घटस्थापनको दिनदेखि खुल्ने बताइएको छ । फलानो लुगाको स्थानीय आधिकारिक वितरक तथा बिक्रेतामा आकिताज कलेक्शन(इटहरी) र कोपीला इन्टरप्राइजेज(बुटवल) रहेका छन् ।

फलानो लुगाले सन् २०१२ देखि कार्टुनिस्ट राजेश के.सी.ले तयार पारेका नेपाली प्रिन्ट डिजाइनका गुणस्तरीय टिशर्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ । फलानोमा ६ महिनाका शिशुुदेखि ठुलोमा (XXL) साइजसम्मका टिशर्ट पाइने फलानो लुगा प्रालिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

फलानो लुगा प्रालि एङ्ग्री बडर््स्, एङ्ग्री बडर््स् मुवी, कुङ फु पान्डा, आइस एज, पोकेमोन, बीवोप, जोशुवा ट्री, छोटा भीम तथा युरोपियन फुटबल क्लब रियल मेड्रिड र एसीमिलानको कपडा÷पोशाकको नेपालका लागि आधिकारिक बितरक तथा बिक्रेता पनि भएकोले बालबालिकादेखि किशोरका लागि यी ब्रान्डका टिशर्ट पनि उपलब्ध हुने बताइएको छ । 

फलानो लुगाका संस्थापक राजेश के.सी.का अनुसार फलानो लुगाको लोकप्रियतालाई ध्यानमा राखी नेपाली ग्राहकसम्म पहुँच सरल र सहज होस भन्ने उद्देश्यले आगामी दिनमा नेपालका अन्य स्थानमा समेत आफ्ना आधिकारिक बिक्री केन्द्र बिस्तारमा ध्यान दिइनेछ ।