काठमाण्डौ । कोरोना भाइरसको घातक महामारीबाट मानिसलाई बचाउनका लागि भ्याक्सिनको विकासमा जुटेको फर्मा कम्पनी फाइजर इंकलाई उत्साहजनक परिणाम प्राप्त भएको छ । 

सिएनएनका अनुसार कम्पनीले भनेको छ कि उसले तयार गरेको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी प्रमाणित भएको छ । 

योसँगै कम्पनीले अमेरिकामा सबैभन्दा पहिला यूएस फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनमा इजाजत माग्ने पहिलो कम्पनी बन्नेछ । यो कम्पनीले केही दिनभित्रै आपतकालीन प्रयोगको अनुमति पाउने आशा बढेर गएको छ । 

फाइजर कम्पनीले क्लिनिकल ट्रायलको फाइनल विश्लेषणका लागि तयार डेटामा यस्तो अभूतपूर्व सफलता प्राप्त भएको हो । अमेरिकी कम्पनी तथा पार्टनर बायोएनटेकले भनेको छ कि उनीहरुले तयार गरेको खोपबाट सबै उमेर तथा समुदायका व्यक्तिहरुलाई लाभ प्राप्त हुनेछ । यो खोपको सुरक्षाको इस्यूलाई लिएर पनि कुनै पनि प्रकारको गम्भीर समस्या नआएको कम्पनीलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । 

योसँगै अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट आपतकालीन प्रयोगको इजाजत पाउनका लागि तय मानकलाई पूरा गरेको छ । 

यो खोप ४४ हजार मानिसमा परीक्षण गरिएको थियो । डेटामा १७० भोलेन्टियर्सलाई कोभिड भएको र तीमध्ये ८ जना व्यक्ति यस्ता थिए, जसलाई भ्याक्सिन दिइएको थियो । १६२ लाई प्लेसबो वा स्लाइनबाट औषधि लगाइएको थियो । भ्याक्सिनले बिरामीको गम्भीरतालाई काम गरेको थियो भने प्लीबो समूहका १० मध्ये ९ जना सिकिस्त भए । डेटामा भनिएको छ कि ६५ वर्षभन्दा बढी उमेरका मानिसहरुमा समेत यो भ्याक्सिन ९४ प्रतिशत प्रभावकारी साबित भयो । 

जो व्यक्तिमा खोप लगाइएको थियो, उनीहरुमा यसको निकै राम्रो प्रभाव देखियो । ती व्यक्तिहरुमा ठूला साइडइफेक्ट पनि देखिएन । खोप लगाएपछि धेरै थाकेको महसुस हुने समस्या ३.७ प्रतिशत स्वयम्सेवकहरुमा खोपको दोश्रो खुराकपछि देखियो भने २ प्रतिशत भन्दा बढीमा मात्र गम्भीर समस्या देखिएको थियो । 

तेश्रो चरणको परीक्षण सकिएपछि यसअघि फाइजर कम्पनीले आफूहरुले उत्पादन गरेको खोप ९० प्रतिशतसम्म प्रभावकारी भएको घोषणा गरेको थियो । 

यो कम्पनीले सन् २०२० को अन्तसम्ममा खोपको ५ करोड डोजसम्म बनाउनसक्ने बताइएको छ । २०२१ सम्ममा भने १ अर्ब ३० करोड बढी खोपका डोज उत्पादन गर्ने लक्ष्य लिएको छ ।