काठमाण्डौ । देशका विभिन्न जिल्लामा आज भदौ ५ गतेबाट ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई कोभिडविरुद्ध फाइजर खोपका पहिलो मात्रा लगाइँदैछ। 

दोस्रो चरणअन्तर्गत कोभिडविरुद्धको फाइजर खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ७ वटा प्रदेशका ५० जिल्लामा फाइजर खोप दिइनेछ।

आउँदो भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइनेछ। 

यी जिल्लामा लगाइँदैछ खोप

  • प्रदेश १ः भोजपुर, धनकुटा, खोटाङ, ओखलढुंगा, पाँचथर, संखुवासभा, सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुर।
  • मधेश प्रदेशः बारा, रौतहट र सर्लाही।
  • बागमती प्रदेशः रामेछाप, दोलखा, धादिङ, नुवाकोट, रसुवा र सिन्धुपाल्चोक। 
  • गण्डकी प्रदेशः बागलुङ, गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा र तनहुँ। 
  • लुम्बिनी प्रदेशः कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, प्युठान, रोल्पा र पूर्वी रुकुम। 
  • कर्णाली प्रदेशः पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट। 
  • सुदूरपश्चिम प्रदेशः अछाम, डोटी, बझाङ, बाजुरा, बैतडी र दार्चुला।