काठमाण्डौ । वाणिज्य बैंकहरुको कर्जा लगानीमा केही संकुचन देखिए पनि निक्षेप संकलनमा आक्रमक देखिएका छन्।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सार्वजनिक गरेका तथ्यांकअनुसार माघको अन्तिम साता आक्रामक देखिएको वाणिज्य बैंकहरुको ऋण लगानी फागुनको पहिलो साता भने केही घटेको छ। फागुन ७ गतेसम्म बैंकले १८ अर्ब रुपैयाँ ऋण लगानी बढाएका छन्। योसँगै बैंकहरुको कुल ऋण लगानी ३३ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ।
गत माघको अन्तिम साता भने बैंकहरुले २९ अर्ब रुपैयाँ ऋण लगानी गरेका थिए। माघ मसान्तसम्म बैंकहरुको कुल ऋण लगानी ३३ खर्ब १७ अर्ब रुपैयाँ थियो।
यसैगरी वाणिज्य बैंकहरुले फागुनको पहिलो सातामै १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। माघको अन्तिम साता भने बैंकहरुले २ अर्ब रुपैयाँमात्र निक्षेप संकलन गरेका थिए। माघको अन्तिम साता कुल निक्षेप ३७ खर्ब ८६ अर्ब रुपैयाँ रहेकोमा फागुनको पहिलो सातामै बढेर ३७ अर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago