काठमाण्डौ । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। 

नेपाल बैंकर्स संघ (एनबीए) को तथ्यांकअनुसार फागुनमा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको हो। योसँगै फागुन मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। गत माघ मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो। 

गत माघमा भने वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको थियो। गत पुस मसान्तसम्म बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेको थियो। 

फागुनमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १७ अर्ब रुपैयाँले बढेको छ। योसँगै फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। 

गत माघ मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ५५ अर्ब रुपैयाँ रहेको थियो। माघमा पनि बैंकहरुको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेको थियो।