काठमाण्डौ । एनएलजी इन्स्योरेन्सले आगामी फागुन २२ गतेदेखि हकप्रद सेयर निश्कासन गर्ने भएको छ । 

यो निर्जीवन बिमा कम्पनीले १०० अंकित दरका ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद सेयर निश्कासन गर्न लागेको हो । 

कम्पनीको हाल कायम चुक्तापूँजीको ६० प्रतिशतका दरले हकप्रद सेयर निश्कासन गरी पूँजी बढाउने योजना अनुरुप सेयर निश्कासन हुन लागेको हो । 

हकप्रदमा फागुन २२ गतेदेखि चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । 

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गर्नेछ । 

एनएलजी इन्स्योरेन्सको हकप्रदका लागि बुक क्लोज मिति माघ २७ गतेलाई तोकिएको थियो । यसको अर्थ माघ २६ गतेभित्र यो कम्पनीको सेयर किनेर सेयरधनी कायम भएकाहरुले हकप्रद खरीदका लागि आवेदन दिन पाउनेछन् । 

हाल यो कम्पनीको चुक्तापूँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ । हकप्रदको निश्कासन र समायोजनपछि चुक्तापूँजी बढेर १ अर्ब २ करोडको उचाईमा पुग्नेछ ।